Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०७ गते बुधबार

कंचनपुरमा ६६ मतदान स्थल अति संबेदनसिल २६ संबेदनसिल ।
साङ्केतिक तस्बिर

स्थानीय तहको निर्वाचन आउन अब २३ दिन बाकि रहदा निर्वाचन कार्यालय सहितका निकायले तयारि तिब्र सुरु गरेका छन ।

कञ्चनपुरमा १ सय ३२ मतदान स्थल राखिएको छ भने ३ सय ४१ मतदान केन्द्र तोकिएका छन् । सुरक्षा निकायका प्रमुखहरुले सबै मतदान स्थल र केन्द्रको निरीक्षण गरिसकेका छन् । प्रशासनले ६६ मतदान स्थललाई अति संवेदनशिल, २६ संवेदनशिल र ४० मतदान स्थललाई सामान्यमा राखेको छ ।

मतदान केन्द्र र मतदान स्थलमा म्यादी, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र नेपाली सेनालाई खटाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्यामप्रसाद चौधरीले बताए । 

उनका अनुसार पहिलो घेरामा प्रहरी र म्यादी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा अनुसन्धान कर्मचारी र चौथो घेरामा नेपाली सेना खटिनेछ । ‘भौगोलिक दुरी, सडकहरुको कनेक्सन र सुरक्षाको हिसाबले मतदान स्थलहरुलाई विभाजन गरेका छौं,’ उनले भने, ‘निरीक्षणको कार्य भइरहेको छ ।’

बिहीबार सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । ‘९ वटै पालिकामा भोली निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ, कार्यालय राख्ने ठाउँ हेरिसकेका छौं,’ उनले भने, ‘निर्वाचन अधिकृतहरु पनि सबै ठाउमा पुगिसक्नु भएको छ ।’ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>