Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ०२ गते आइतबार

भिमदत्त ६ मा काग्रेश बाट प्रकाश चन्दकाे उमेदवारि

भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षका लागि काँग्रेसका प्रकाश चन्दले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा चन्दले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेस उम्मेदवार चन्द काँग्रेसको भीनपा ६ को वडा सभापति हुन् ।
काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री एनपी साउँद, काँग्रेस कञ्चनपुरका सभापति एबम् भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप सभापति मिन बहादुर सिह, सचिव भीमराज भट्ट, सह सचिव एबम् कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री गोपालदत्त भट्ट, धनगढी उप महानगरका निवर्तमान मेयर नृप बहादुर ओड, पूर्व मन्त्री गोबिन्द शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती लगायत नेताहरु उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।
काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्द, भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, भीनपा १७ का वडा अध्यक्ष पदम बुडा, भीनपा ६ का कार्य वाहक वडा अध्यक्ष देबकी जोशी, काँग्रेस नेताहरु कृष्ण बहादुर कुँबर क्षेत्री लगायतका उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भए ।

ऐठपुरस्थित चुनाव सम्पर्क कार्यालयबाट र्याली सहित काँग्रेस उम्मेदवार चन्द उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>