दार्चुलाको व्यास गाउँपालिकामा नेकपा (एमाले) ले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सहमतिमै टुगों लगाएको छ । गाउँपालिका अध्यक्ष पदमा मंगलसिंह धामी र उपाध्यक्षमा चन्दा कुवँरलाई उम्मेदवार बनाउने सहमति भएको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य उपेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
अध्यक्ष पदका उम्मेदवार धामी व्यासको वडा नम्बर ५ का वडाअध्यक्ष एबं नेकपा एमाले व्यास गाउँकमिटीका अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षका उम्मेदवार कुवँर नेकपा एमाले जिल्ला कमिटी उपसचिव हुनुहुन्छ । दुबै जनालाई सहमतिमै उम्मेदवार चयन गरिएको र अब वडाहरुको समेत उम्मेदवारी सहमतिमै टुंग्याएर निर्वाचनमा होमिने तयारी रहेको जिल्ला कमिटी सदस्य धामीले बताउनुभयो । अहिलेसम्म अनौँपचारीक प्रचारप्रसार भइरहेको र भोलि/पर्सीदेखि औपचारीक प्रचारप्रसारका कार्यक्रम सुरु हुने उहाँले बताउनुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया