Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख १४ गते बुधबार

प्रमुख उप प्रमुख पदमा काग्रेस एमालेले दलित उमेदबार बनाएनन ।
साङ्केतिक फाेटाे

आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ठुला राजनीतिक दलबाट प्रमुख उम्मेदबार अधिकाँस पुरुष उम्मेदबार नै रहेका छन । उप प्रमुखमा अधिकाँस महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

नेपाली काँग्रेस कञ्चनपुरले जिल्लाका ९वटै पालिकामा प्रमुख पुरुष र उपप्रमुख महिला मात्रै अघि सारेको छ । तर काँग्रेसले बेलडाँडी प्रमुखमा आदिवासी थारु समुदायबाट हरिशचन्द्र राना, पुनर्वासमा उप प्रमुख भुलिया राना, कृष्णपुरमा उपप्रमुख द्रोपती राना र लालझाडीमा आदिवासी जनजाति थारु समुदायबा प्रमुखमा श्रीकृष्ण राना र उपप्रमुखमा राधा रानालाई अघि सारेको छ । काँग्रेसले दलित समुदायबाट प्रमुख उप प्रमुख दुवैमा उम्मेदवार अघि सारिएको छैन । नेकपा एमालेले सात पालिकामा प्रमुखमा महिला र दुई पालिकामा महिलालाई प्रमुख पदमा अघि सारेको छ ।

एमालेले बेदकोट र बेलौरीमा दुवै पालिका प्रमुखमा महिला उम्मेदवार अघि सारेको छ । बेलौरीमा कमला बोहरा, बेदकोट प्रमुखमा शुशिला सिह र उपप्रमुखमा पार्वती जोशीलाई अघि सारेको छ । एमालेले आदिवासी जनजातिबाट दोधाराचाँदनी प्रमुखमा किशोर लिम्बुलाई अघि सारेको छ । लालझाडी प्रमुख, उपप्रमुख दुवै पदमा आदिवासी जनजाति थारु समुदायबाट निर्मला राना र सपना चौधरीलाई अघि सारेको छ । बेलडाँडी र बेलौरी उपप्रमुखमा आदिवासी थारु समुदायबाट फुलकुमारी राना, जोगुराम चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले कुनैपनि दलित समुदायबाट उम्मेदवार बनाएको छैन । नेकपा माओवादी केन्द्रले आदिवासी जनजाति थारु, दलित, महिला समुदायबाट प्रमुखको उम्मेदबार बनाएको छ । माओवादीले दुई पालिकामा प्रमुख पुरुष बनाईएको छ । दोधाराचाँदनीमा दलित समुदायबाट निरुदेवी कामीलाई प्रमुख पदमा अघि सारेको छ । दोधाराचाँदनीमा उप प्रमुख भरत भट्ट र भीमदत्त नगरमा कृष्णदत्त जोशी(बोक्सर)लाई उप प्रमुख बनाईएको छ । कृष्णपुर र बेलौरीमा आदिवासी जनजाति समुदायबाट प्रमुख पदमा अघि सारेको छ । कृष्णपुरमा जोगराज चौधरी र बेलौरीमा पोतिलाल चौधरीलाई अघि सारेको छ ।

नेकपा एकीकृत समाजवादीले बेलौरी नगरपालिकामा उप प्रमुखका लागि आदिवासी जनजाति समुदायबाट नन्द कुमार रानालाई अघि सारेको छ । भने शुक्लाफाँटामा उप प्रमुख पुरुषलाई माधव पन्तलाई अघि सारेको छ । कृष्णपुरमा दलित समुदायबाट मञ्जु नेपालीलाई अघि सारेको छ । राप्रपाले प्रमुख पदमा महिला र दलितलाई अघि सारेको छैन । उप प्रमुखमा आदिवासी थारु समुदायबाट बेलडाँडीमा बसन्ती चौधरी, बेलौरीमा लालमती राना(बडायक), पुनर्वासमा तिर्थमाया सुनुवार, दोधारामा ईसु सुनालाई अघि सारेको छ । राष्ट्रिय जनमोर्चाले प्रमुख पदमा महिला र थारु समुदायबाट अघि सारेको छ । बेदकोट प्रमुखमा नन्दा कुमारी भट्ट र बेलौरीमा रंग चौधरीलाई अघि सारेको छ । बेलौरीकै उप प्रमुखमा थारु समुदायबाट लक्ष्मी चौधरीलाई अघि सारेको छ । द्यलित समुदायबाट दोधाराचाँदनीमा मेयरका लागि भीम कुमाल र भीमदत्त नगरको मेयरका लागि गुलाब आउजीले उम्मेदवारी दिएका छन ।

कञ्चनपुरका दलित समुदायका अगुजा गणेश नेपालीले ठुला तथा साना दलहरुले दलित समुदालाई भोट बैंक बनाएका कारण प्रमुख, उपप्रमुख महत्वपूर्ण पदमा दलित समुदाय प्राथमिकतामा नपर्ने गरेको बताए । ‘ठुला दलले दलितलाई प्रयोग मात्रै गर्छन, ‘उनले भने, ‘साना दल जित्दैनन, त्यो अवस्थामा कतै दलित समुदायले टिकट पाउँछन ।’ सबै दलित एकजुट भएर अन्तरपाटीमा संघर्ष गरेर प्रमुख पदमा टिकट दिलुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>