Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १६ गते शुक्रबार

कुशल विद्यार्थी नेता वडा अध्यक्षकाे दाैडमा, घरदैलाे कार्यक्रम गर्दै

कञ्चनपुरका चर्चित विद्यार्थी नेता चन्द्रकान्त भट्ट(सिके) पुनः वडाध्यक्षको दौडमा छन । सिके भट्ट यस अघि ०७४ सालमा पनि वडाध्यक्षका उम्मेदवार थिए । थोरै मतका साथ पहिलो पटकको चुनावमा पराजित भएका भट्टले दोस्रो पटक पनि वडाध्यक्षका दौडमा देखिएका छन । 

सिके भट्ट दुई दलिय नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट बाम गठबन्धनका तर्फबाट बेदकोट नगरपालिका ७ को वडाध्यक्षका उम्मेदवार हुन ।

 भट्टले आफ्नो राजनीतिक एव स्थानीय एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका नेकपा माओवादी केन्द्र बेदकोट नगरका कोषाध्यक्ष प्रेम रावलले बताए । माओवादी केन्द्र नगरका कोषाध्यक्ष रावलले बाम गठबन्धन बेदकोट नगरपालिका ७ का वडाध्यक्षका उम्मेदबार सिके भट्टले जनताको घरदैलोमा चुनावी एजेण्डा र भावि विकासका योजना लिएर गईरहेको बताए । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा तय गरेको भट्ट झण्डै दुई दशकदेखि विद्यार्थी हुँदै पाटीको राजनीतिमा सकृय रहेका छन । सिके अखिल क्रान्तिकारी कञ्चनपुरको नेतृत्वमा आउँदा शैक्षिक क्षेत्रका विकृती बिरुद्धमा जिल्लाभरी आन्दोलन छेडेका थिए । सिकेकै पालामा कञ्चनपुरका अवैध निजी विद्यालय बिरुद्धमा तत्तकालिन शिक्षा कार्यालय एक्सन थालेको थियो । सिकेले वडाको भौतिक पूर्वाधार शैक्षिक, समाजिक साँस्कृतिक आर्थिक एव एकिकृत दिगो विकासका लागि आफ्नो उम्मेदबारी रहेको भन्दै मतदातासंग छलफलमा जुटेका छन । ‘पहिलो पटक पनि हजुरहरुको अपार माया थियो, अहिले पनि छ, उतिबेला थोरै मत अपुग हुँदा सफल हुन सकिएन, भन्दै सिकेल मतदातासंग पुन एक पटक थप जिम्मेबारी दिन आग्रह गरिरहेका छन ।’ मतदाताले गरेको विश्वासमा कहिल्यै घात नगर्ने र जनताकै सुझाव सल्लाह अनुरुप अघि बढ्ने प्रतिज्ञा गरिरहेका छन । वडालाई नमुना वडाका साथै भ्रष्टाचार मुक्त वडा बनाउने सिकेको कल्पना छ । विद्यार्थीबाट राजनीतिक यात्रा तय गरेका सिके नेकपा माओवादी केन्द्र प्रदेशका सदस्य हुन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>