Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १६ गते शुक्रबार

लेकममा अध्यक्षका २ जनाका उमेदबार सहित ५ उमेदबारले उमेदबारि फिर्ता लिएका छन ।

दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका ईन्द्र सिंह साउदले उम्मेदवारी फिर्ता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय रातामाटा पुगेर कांग्रेश निकट नेबिसंघका नेता समेत रहनुभएका साउदले शुक्रबार (आज) अपरान्ह सवा चार बजे उम्मेदवारी फिर्ता लिनुभएको हो ।

दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी मनोनयन दर्ता भएको थियो । नेकपा एमालेको तर्फबाट परमानन्द जोशी, सत्तागठन्धनबाट माओवादीका रामदत्त जोशी, नेकपा (एकीकृत समाजवादी) बाट नरेन्द्र रावल र स्वतन्त्रबाट ईन्द्र साउद र दयालु नाथको उम्मेदवारी परेको थियो । स्वतन्त्र उम्मेदवार साउद र नाथले उम्मेदवारी फिर्ता लिइसकेको बताएका छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेका माधवी जोशी, गठबन्धनबाट कांग्रेसका सुना जोशी र स्वतन्त्रबाट अनिता धामीले उम्मेदवारी दिएकोमा स्वतन्त्र उम्मेदवार धामीले उम्मेदवारी फिर्ता गरेसंगै उपाध्यक्षमा जोशीद्धयको प्रतिस्पर्धा हुने भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षपदमा राप्रपाबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका कम्मानसिंह बोहराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रबार आज विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>