स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् शुक्रबार उमेदबारि फिर्ता लिएर अन्तिम नामावलि प्रकासित भएकाे छ ।
यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।
यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले उम्मेदवारको संख्या
स्थानीय तह निर्वाचनमा नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार एमालेले पुरुष १९४९९ र महिला १४००४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो । जसमध्ये एमालेले नगर प्रमुखमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार उठाएको छ । त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना उम्मेदवार उठाएको छ ।
त्यसैगरी एमालेले गाउँपालिका उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,४०५ जना पुरुष र ११८ जना महिला गरी ६५२३ जनालाई उम्मेदवार बनाएको छ । त्यस्तै वडा सदस्यमा १२३५० पुरुष र ५४१ जना महिला गरी १२८९१ जना उम्मेदवार एमालेले निर्वाचनमा उठाएको छ ।
काँग्रेसका उम्मेदवार कति ?
त्यस्तै नेपाली काँग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । आयोगको तथ्यांकअनुसार काँग्रेसले पुरुष १८५४३ र महिला १२८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको हो । जसमध्ये काँग्रेसले नगर प्रमुखमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार उठाएको छ ।
त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना उम्मेदवार उठाएको छ । त्यसैगरी काँग्रेसले गाउँपालिका उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,०६२ जना पुरुष र ८० जना महिला गरी ६१४२ जनालाई उम्मेदवार बनाएको छ ।
यस्तो छ माओवादी केन्द्रका उम्मेदवारको संख्या
माओवादी केन्द्रले सबै पदमा गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । तथ्यांकअनुसार माओवादीले पुरुष १३३०२ र महिला ८९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको हो । जसमध्ये माओवादीले नगर प्रमुखमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार उठाएको छ ।
त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना उम्मेदवार उठाएको छ । त्यसैगरी माओवादीले गाउँपालिका उपाध्यक्षमा ११५ जना पुरुष र २०० जना महिला गरी ३१५ जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा पुरुष र महिला गरी ४४४९ जनालाई उम्मेदवार बनाएको छ ।
देशभर स्वतन्त्र उम्मेदवार १२ हजार ७८९ जना
स्थानीय तह निर्वाचनका लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ लाख ५३ हजार २ सय २० जनाको उम्मेदवारी पर्दा स्वतन्त्रबाट मात्रै १२ हजार ७८९ जनाको उम्मेदवारी परेको हो । वैशाख ३० गते ३५ हजार २२१ पदका लागि स्थानीय तहको निर्वाचन हुँदैछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया