Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १७ गते शनिबार

के के छन त नेपालि कांग्रेस दोधारा चाँदनी मेयरका प्रत्यासि भट्टका चुनावी ऐजेण्डा

   नेपाली काग्रेसले दोधारा चाँदनी नगरपालीकाको नगर प्रमुखमा गोपाल दत्त भट्ट लाई प्रर्तिसप्रधामा उतारे संगै भट्ट आफ्ना चुनावी एजेण्डा सहित घरदैलो अभियानमा व्यस्त देखिन्छन ।

जनताप्रति प्रतिबद्ध रहेर, जनताका हरेक दुःख पिडामा साथदिने उनले बाचा गरेका छन् । वर्षौ देखीको डुवानको चपेटमा परेको जोगबुढा नदी, सिमा स्तम्भ नम्बर १८  कुतियाकबर क्षेत्रमा बाढी रोकथामका लागि बाध बाध्ने पहिलो एजेण्डा रहेको बताएका छन।
दोधारा–चाँदनीका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र दोधारामै विभिन्न रोगका विशेषज्ञ डाक्टरहरु भित्र्याउने, कालोपत्रे सडक सञ्जाललाई प्रत्येक टोल -टोल सम्म बिस्तार गर्ने, छाडा चौपायाको समस्या व्यवस्थापन गर्ने, खेती किसानी गर्ने कृषकहरुको बालिनालीको सुरक्षाका निम्ती बाली बिमाको अवधारण समेत नगर प्रमुखका उम्मेदवार गोपालदत्त भट्टले अघि सारेका छन् ।

दोधरा चादनी सदरमुकाम भएपनी दुर्गम क्षेत्रझै पनि बिजुली बत्ती र खानेपानीको पहुँच पुग्न नसकेका बस्तीमा आफुले निर्वाचित भएलगत्तै उक्त समस्याको यथा सिघ्र सामाधान गरिने बताउछन् ।
नगर क्षेत्रमा रहेका असहाय, अनाथ तथा असक्त बालबालिकाहरुका लागि व्यवस्थित आश्रय स्थल र गुणस्तरिय शिक्षाको बन्दोबस्त गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । खेलकुद युवा वृद्धी विकासका महत्व पुर्ण पाटो भएकाले खेलकुदप्रेमी तथा खेलाडीहरुका लागि वडास्तरमै खेलमैदान र प्रयाप्र्त खेल समाग्रीहरु उपलब्ध गराउने बाचा गरेका छन । त्यस्तै युवा तथा विद्यार्थीहरुका लागि प्रत्येक वर्ष लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, युवाहरुका लागि प्राविधी मैत्री शिक्षा तथा कार्यक्रमहरु ल्याउने, नगरबासीहरुका लागि विभिन्न सिपमूलक कार्यक्रम तथा तालिमहरु ल्याई, बेरोजगार युवाहरुका लागि नगरमै स्वरोजगार मूलक कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कामहरु उनले अगाडी सारेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>