Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
डडेलधुरा
२०७९ बैशाख १८ गते आइतबार

भाेट दिन १२ दिन पहिलाअजयमेरुमा एमालेका दर्जन कार्यकर्ता माओवादि प्रबेश

अनुप बिक्रम मल्ल -                     स्थानिय निर्वाचन २०७९ नजिकिदै गर्दा राजनितिक क्रियाकलापहरु पनि विभिन्न किसिमका र रोमाञ्चक बन्दै गएका देखिरहेका छन ।  सबै राजनितिक दलहरु आफुलाइ बलियो र मजबुत पकड बनाउन निरन्तर कसरतमा छन ।  यसै बिच विभिन्न पार्टी का नेता कार्यक्रताहरु आफुलाइ पार्टीले उचित मुल्यांकन गर्न नसकेको भन्दै पार्टी परित्याग गरि अर्को पार्टिमा प्रबेश गर्ने देखि स्वतन्त्र उमेदवारी घोषणा गर्न सम्म पुगेका क्रियाकलाप देख्न सकिन्छ   । 

यसै क्रममा बिगत लामो समय देखि नेकपा एमालेमा आवद्ध भइ सक्रिय रुपमा पार्टी प्रतीको भुमिका निर्वाह गर्दै आएका अजयमेरु गाउपालिका वडा न .५ देवलदिब्यपुर (दान्ल) का  बिनोद पालले आजै बाट एमाले परित्याग गरि नेकपा माओवादी प्रबेश गरेका छन । उनी सङ्गै नेकपा एमाले र नेपाली काङ्ग्रेस बाट १०देखि १५ जना नेता कार्यक्रताहरु ले नेकपा माओवादी प्रबेश गरेका छन । नया प्रबेशी हरुलाइ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम इन्चार्ज खगराज भट्ट (बिनोद) र जिल्ला संयोजक उमेश भट्ट (बिकास ) ले फुलमाला र अबिर लगाइ स्वागत सङ्गै पार्टी प्रबेश गराएका छन ।
नव प्रबेशी पालले भने ´ बिगतको समयमा पार्टीको लागि गरिएको जोडदार मेहिनत र संघर्शको उचित मुल्यांकन नेकपा एमाले बाट नभएको र यो पाँच बर्षको गतिबिधी हेर्दा माओवादी ले नै हाम्रो गाउँठाउँ मा परिवर्तन र देशभरी मै उत्कृष्ट काम गर्न माओवादी केन्द्रले सक्ने भएका कारण यता  प्रबेश गरेका हौ । `

निर्वाचन मिति आउन जम्मा १२ दिन बाकी छ  । अहिले नेकपा माओवादी केन्द्र अजयमेरु घरदैलो कार्यक्रम र आन्तरिक प्रचारप्रसार मा जुटेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>