निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता कार्यान्वन गराउन र मिथ्या सूचना रोक्नका लागि सामाजिक सञ्जालका कार्यालयसँग सम्पर्क राखेर समन्वय गर्ने बताएको छ । आइतबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले फेसबुक, ट्वीटर, भाइबर, गुगलका कार्यालयसँग सम्पर्क गर्ने प्रयास गरिएको जानकारी दिए ।
परराष्ट्र मन्त्रालय मार्फत सम्पर्क गर्न निर्देशन दिइएको प्रवक्ता शर्माले बताए । उनले सामाजिक सञ्जालमा निर्वाचन सम्बन्धी भ्रामक सूचना राख्नेलाई कडा कारवाही गरिने चेतावनी पनि दिएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया