Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २० गते मङ्गलबार

समुन्नत समाज बनाउने सपनाले शिक्षक बाट राजनितिमा लागेका राना ।

इसु नेगि 
अहिलेका हरेक मान्छे आफ्नो ब्यग्तिगत जिवन सुधारको लागि कुनै जागिर खोजेर हिडेका हुन्छन । कहि कतै स्थायित्व भएको जीवन कसरी बनाउने भन्ने सोचमा हुन्छन। तेसैले हरकसैको पहिलो रोजाइ स्थाइ पेशा, आफू र परिवारको बारेमा सोच्ने हुन्छन। तर बेल्डाडाडी गाउँ  पालिकाका हरिशचन्द्र राना भने सरकारी जागिर छोडेर समाज सेवा गर्ने भन्दै  बैशाख ३० गते स्थानिय चुनाव अध्यक्ष पदमा भिडदैछन।
           ग्रामीण जीवन शैली बारे पुर्णत जानकार राना नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा भिडन लागेका हुन।सामान्य पारिवारिक जीवन शैली भएका नेता राना सहयोगी भावना मानिन्छन।           आफूले सानोमा देखेको भोगेको गाउँ स्थानिय तह आइसके पनि, अबास्था अहिले सम्म नि जस्ताको तेस्तै हुदा आफ्नो समाजलाइ केही गर्नु पर्छ भनेर उन्ले शिक्षण पेशाबाट राजनीति सेवामा आउने योजना बुनेको बताए।
समाजमा आएका एकै पार्टीका जनप्रतिनिधिहरुको बिगतको व्यबहार र क्रियाकलाप हेरेर नै आफ्नोसमाज, गाउँ ठाउँमा केही गर्नु पर्छ भनेर राजनीतिमा आएको बताउने रानाले आफ्नो ठाउँ अनुसार बिकासका योजना बारे सुनाए।
ग्रामीण भेगमा न्यून आर्थिक अवस्था भएका नागरिक  र कृषक बस्ने भएकोले कृषि उत्पादन सग सम्बन्धि विभिन्न प्याकेज कार्यक्रम ल्याइने र अझै पनि दुर्गम जस्तो मानिने बेल्डाडिका नागरिकको सहज स्वास्थ पहुँच बढाउन स्वास्थे क्षेत्रमा सुधार गर्ने पालिका अन्तर्गतको स्वास्थे केन्द्रमा डाक्टरको ब्यबस्था गर्ने योजना छ।
      यस अघिका जनप्रतिनिधिले काल्पनिक सपना बाडेकै भरमा जनता ठगिएका कारण अब यथार्थ र बिश्वासिला मुद्दा लिएर आएको उनले बताए।
"हामीले अब ग्रामिण समाजलाइ उत्पादन तर्फ लिने र यहाँको जिवनशैलिको स्थर उन्नति गर्ने हो"-उनले थपे बर्षौ देखि जनजिवनका मुद्दा यथावत छन। तेसैले मैले आफ्नो प्राथमिकतामा कृषि बीउबिजन, मलखाद, सिचाइको ब्यबस्था, भुमिहिन सुकुम्बासीको समस्या समाधानकोलागी पहल गर्ने हो।
यहाँका मानिस उचित शिक्षा र स्वास्थ्यको लागि ऋण नै निकालेर बाहिर जान्छ तेस्कोको लागि प्राबिधिक शिक्षा बेल्डाडिमै सुरु गर्ने कुरा पनि उन्ले बताए।
शिक्षण पेशाबाट आउदा देखि नै आफ्नो समाजलाइ अगाडि बढाउने उद्देश्यले विभिन्न जनजीवनका मुद्दा  लिएर आएकोले चुनाव मतदान गर्दा अब आम नागरिकले प्रतिनिधिको क्षमता योग्यता र उनिरुको पारिवारिक पृष्ठभुमि हेरेर चुन्नु पर्नेमा जोड दिए। नामका मात्र जनप्रतिनिधिले कहिले ग्रामीण नागरिकका मुद्दा सल्टाउन नसके पनि उनको जिकिर छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>