Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २३ गते शुक्रबार

वडा अध्यक्ष पदका उमेदवार, युवा नेता दिपक राज भट्ट ।

दिपक राज भट्ट आसन्न स्थानीय निकायको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको वार्ड नं. ७ बाट अध्यक्ष पदका उमेदवार छन् । नेकपा (माओवादी केन्द्र)को गोलाकार भित्रको हसिँया हतौडा चुनाव चिन्हमा चुनाव लडीरहेका भट्ट शिक्षीत र युवा नेताकाका रुपमा पार्टी भित्र र आम जनतामा परिचित छन् । निकै मिलसार, भन्द्र र शालीन स्वाभावका युवा नेता भट्ट विद्यार्थी राजनिती हुदै पार्टी राजनिती, विभिन्न संघ संस्थाको सफता पुर्वक नेतृत्व गर्दै, स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उमेदवार बनेका छन् । कञ्चनपुरको विद्यार्थी राजनितीका लोकप्रिय र चर्चित विद्यार्थी नेताका रुपमा २०६३÷०६४ पछि महेन्द्रनगरमा विद्यार्थीहरुका शैशिक आन्दोलन र राष्ट्रिय स्तरमा भएका विभिन्न आन्दोलनहरुमा सहभागी र नेतृत्व गरेका दिपक राज भट्टले सुदूरपश्चिम विश्व विद्यालय स्थापना, प्रतिगमन र भारतिय अतिक्रमणका विरुद्धमा विद्यार्थी र पार्टीका तर्फबाट नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)को शुक्लाफाँटा नगर सचिव, झलारीपिपलाडी उद्योग वाणिज्य संघको निर्वाचित महासचिव, विभिन्न युवा क्लब र व्यापारिक संघ संगठन, पार्टीका मोर्चाहरुको जिम्मेवारी सम्हाली सकेका भट्टले दैविप्रकोप, भुकम्प, बाढी, डुवान, आगलागी जस्ता विपत्तीमा अग्र मोेर्चामा रहेर काम गरेका छन् । सहयोगी र मिलनसार युवा नेता भट्टले शिक्षा संकायको स्नातक र मेडिकल क्षेत्रमा ल्याबटेक्नेसियनको अध्ययन गरेका छन् । 

शुक्लाफाँटाको वडा नं. ७ को सिमलफाँटामा बस्दै आएका भट्ट स्थानीय निकायको निर्वाचनमा मुख्य प्रतिस्प्रधी दलका उम्मेदवारमा युवा र शिक्षीत उम्मेदवार भएकाले मतदाताहरुमा उत्साह थपिएको छ । वडामा मतदाताहरु भने शिक्षीत र युवाहरुले नेतृत्व लिनु पर्ने भन्दै पार्टी र संगठन भन्दा माथी उठेर मत मागिरहेकाछन् । कञ्चनपुर जिल्लाको अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका भट्टले अघिल्लो स्थानीय निकायको निर्वाचनमा आफ्ना पार्टीका उमेदवार र वाम गठबन्धनका उमेदवारहरु निर्वाचित गराउनमा ठुलो भुमिका निर्वाह गरेका थिए । पार्टी संगठन र अन्य निकायहरु संग राम्रो सम्बन्ध भएका भट्टले जननिर्वाचित पदको लागी पहीलो पटक वडा अध्यक्षको चुनावी मैदानमा उत्रीएका हुन । 

वडा नं. ७ मा शिक्षा क्षेत्रमा सबै बालबालिकालाई निःशुल्क र अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने, साथै विद्यालय स्तरबाटै प्राविधिक शिक्षा, आविष्कार, खेलकुद र लोक सेवाका कक्षाहरु जस्ता नयाँ र व्याबहारीक योजनाहरु रहेको बताएका छन् । आरक्ष संग सिमा जोडिएको वडा भएकाले अध्यक्ष पदका उमेदवार दिपक भट्टले मानव र जनावरहरुको द्धन्द नियन्त्रण गर्ने प्रतिद्धता गरेका छन । कृषि क्षेत्रमा उत्पादनमा आधारीत अनुदान र सामुहिक कृषिउत्पादनमा जोडदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उमेदवार भट्टले शिक्षा, कृषिका संगै युवा स्वरोजगार, शुसाशन, खाद्य र आवास, सडक, खानेपानि, उर्जा विकास, सञ्चार, कला संस्कृती पर्यटन, स्वास्थ्य लगायतका विषयमा कामहरु गर्ने प्रतिबद्धता गरेका छन् । वन र वातावरणको संरक्षण सार्वजनिक जमिनको संरक्षण र सामुहीक उपयोग, वनमा सबैको समान पहुचँ र अव्यबस्थीत वसोबासीहरुलाई  जग्गा धनी पुर्जा वितरण जस्ता कार्यहरु गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>