Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७९ बैशाख २६ गते सोमबार

निर्वाचन आचारसंहिताले रोकियो एमालेको मोटरसाइकल र्याली

स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि नेकपा एमालेले शुक्लाफाँटा नगरका सबै क्षेत्रमा गर्ने तयारी गरेको मोटरसाइकल ¥याली निर्वाचन आचारसंहिताका कारण रोकिएको छ । विगतका निर्वाचनमा मोटरसाइकल ¥याली गरेर शक्ति प्रदर्शन गर्ने परम्परा रहँदै आएकोमा यसपालि निर्वाचन आयोगले मोटरसाइकल र्याली गर्न निषेध गरेको छ ।
 
निर्वाचन आचारसंहितामा उल्लेख छ,‘कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडी लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने ।’

निर्वाचन आचारसंहिताले रोकेका कारण मोटरसाइकल र्याली गर्ने योजना स्थगित भएको नेकपा एमाले नगर कमिटी सचिव देवदत्त भट्टले जानकारी दिए । ‘मोटरसाइकल र्याली गरेर शक्ति प्रदर्शन गर्नुपर्छ भन्ने माग आएपछि योजना बनेको थियो, कम्तीमा १ हजार मोटरसाइकलसहित १२ वटै वडामा परिक्रमा गर्ने तयारी हुँदैथियो, अन्तिममा आचारसंहिताका कारण रोकियो,’ उनले भने ।       
 
एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार रणबहादुर महराले निर्वाचन जित्ने नाममा आचारसंहिता मिच्ने काम गर्न नहुने निष्कर्षमा पुग्दै मोटरसाइकल र्याली नगरिएको बताए । ‘हामी मर्यादित र स्वच्छ प्रचारप्रसारमा छौं, आचारसंहिताले रोकेका गतिविधि गर्दैछौं, साथीहरूबाट मोटरसाइकल र्याली गर्नुपर्ने माग भएपनि हामीले रोक्यौं,’ उनले भने, ‘अन्य दलका आचारसंहिता उल्लंघनका घटना भइरहेकाले निर्वाचन आयोगको संयन्त्रले सचेत हुनुपर्छ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>