अरुण भट्ट - दल तथा उमेदवारहरुले लाखौ रुपयाँ खर्च गरेर चुनाव केन्द्रित शक्ति प्रर्दशनले मतदातामा कुनै असर देखीएको छैन । ठुला दल र उमेदवारहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्न निर्वाचन आयोगले पालना गर्न भनेको आचार संहीता विपरित विभिन्न कार्यक्रमहरु गर्दै छन् ।
शुक्लाफाँटा नगरपालिका वडा नं. ७ की पार्वती भट्ट भन्छिन् ‘सबैले ¥याली र सभा, भोजभतेर गरिरहेका छन् । तर हाम्रो तिर यस्ता कार्यक्रमले कुनै असर गर्दैन । सबैलाई मौखीक समर्थ दिएका छौ तर भोट त राम्रो र योग्य उमेदवारलाई नै दिने हो ।’ ‘मतदाता सचेत छन्, भोज खुवाउने र आश्वासन दिनेहरु संग ठिक्क कुरा गर्ने अनी भोट दिदा जो सुकै पार्टीका भए पनि योग्य सक्षम र शिक्षित युवा उमेदवारहरुलाई दिने हो ।’ भट्टले भनिन् ।
निर्वाचन आयोगको आचार संहिता विपरित हुने गरि शुक्लाफाँटा नगरपालिकामा भने नेकपा एमाले र नेपाली कांग्रेसले मतदाता लोभ्याउन भोजभतेर र शक्ती प्रर्दशन गरिरहेका छन् । तर मतदाताहरु निकै चनाखो अवस्थामा छन् । कतिपय समुदायममा भने उमेदवारहरुले मतदाताहरुलाई भ्रम छरिरहेको आरोप प्रत्यारोप लगाई रहेका छन् । गाँउ घर र चोकहरुमा अघिल्लो निर्वाचन भन्दा आम मतदाताहरुमा भने पार्टी छानेर भोट दिने भन्दा सक्षम उमेदवारलाई भोट दिने छलफल बहस भैरहेको सुनिन्छ ।
निर्वाचन आयोगको कडाई र मतदाताहरुमा देखीएको परिवर्तनले योग्य र सक्षम उमेदवारहरु निर्वाचनमा आफ्नो जित देखीरहेका छन् । तर कतिपय समुदायमा भम्र र आचार संहिता विपरित भैरहेका गतिविधिले मतदाताहरुलाई प्रभावित बनाई रहेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया