निर्वाचन आयोगले १४ जिल्लाका२८ मतदान केन्द्रका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । ‘सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ, तर दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन’, थपलियाले पत्रकार सम्मेलनमा भने । यसपटक कममा ५० देखि बढीमा ७५ प्रतिशतसम्म मतदान भएको आयोगले जानकारी दिएको छ । स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया