Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
लेकम
हरि प्रसाद मिश्र हरि प्रसाद मिश्र
२०७९ बैशाख ३१ गते शनिबार

लेकम १ मा एमाले प्यानल सहित बिजयी, पालिका अध्यक्षमा गठबन्धनका उमेदबार आर डि जाेशिकाे अग्रता

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नम्बर १ बाट पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी (आरडी) को अग्रता कायमै भएपनि वडामा एमाले उम्मेदवार विजयी भएका हुन् ।

पालिका अध्यक्षमा एमाले उम्मेदवार परमानन्द जोशीले ३१४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार माओवादीका रामदत्त जोशीले ५७२ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका नरेन्द्र रावलले ६४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीले ४४७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार सुना जोशीले ४३० मत प्राप्त गर्नुभएको छ ।
वडामा एमाले उम्मेदवार नवराज पन्त ४७८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार महादेव साउदले ४४५ मत प्राप्त गर्नुभयो । नेकपा एसको ५४ मत प्राप्त भएको छ । वडा सदस्यमा पनि सबै एमालेकै उम्मेद्वार जिजयी भएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>