Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

महाकालि नगरपालिकामा एमालेका चैसिर बिजयी ।

दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको छ । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री बिष्टले विजय प्राप्त गर्नुभएको हो ।

मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गर्नुभयो । चैसीरसंग पराजित हुनुभएका गठबन्धनको तर्फबाट कांग्रेश उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी बिष्टले चार हजार ६२६ मत प्राप्त गर्दा उहाँसंग पराजित गठबन्धनको तर्फबाट कांग्रेश उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गर्नुभयो । अहिले पराजित भट्टसंग चैसीर २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुनुभएको थियो । अहिले चैसीरसंग भट्ट पराजित हुनुभएको हो ।

महाकाली नगरपालिकाको वडा नम्बर १ मा एमालेका मोहन सिह महरा ७२७ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर २ मा एमालेकै शंकर सिह डोबाल ५०९ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ३ मा कांग्रेशका पदम सिह महरा ६०४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ४ मा एमालेका जगत चुनारा २५८ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

वडा नम्बर ५ मा एमालेका दिलेन्द्र प्रसाद अवस्थी ५१० मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ६ मा कांग्रेशका प्रेम बहादुर पाल ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ७ मा एमालेका शोभान सिह रैखोला ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ८ मा एमालेका भवान सिह धामी ५५४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ९ मा कांग्रेशका गजेन्द्र सिह कार्की ६९० मत प्राप्त गर्दै विजयी हुनुभयो । नौँ वडा रहेको महाकाली नगरपालिकामा छ वडामा एमाले र तीन वडामा एमालेले विजय प्राप्त गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>