Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०४ गते बुधबार

पुर्नवास १० मा  एमाले काग्रेसकाे गठबन्धन उछिन्दै माओवादिले जित्याे

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । ३० बैशाखमा स्थगित भएको पुनर्वास १० मा नेकपा माओवादी केन्द्रले जितेको छ । ३ जेठमा उक्त वडामा पुन मतदान भएको थियो । 

पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना एमाले–काँग्रेसको गठबन्धन उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका छन । रानाको नेतृत्वमा पुरै प्यानल निर्वाचित भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका राना वडाध्यक्षमा निर्वाचित भएका हुन । रानाले काँग्रेसका धिरेन्द्र प्रशाद भट्टलाई ६७ मतको अन्तरले हराउँदै पुन अध्यक्षमा निर्वाचित भएका छन । 

रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए । भने राप्रपाका रतन बहादुर मल्लले २७७ र एमालेका राम ब. थापाले ७१ र मत ल्याएका छन । 

एमालेले काँग्रेसका अध्यक्षलाई मत दिने र काँग्रेसले एमालेलाई चारै सदस्य दिने सर्तमा जिल्ला, प्रदेश र केन्द्रको आधिकारिक गठबन्धन नगरेपनि केही एमाले काँग्रेसका पुनर्वास र उक्त वडाका नेताहरुसंग समन्वय गरेर गठबन्धन गरेका थिए तर, एमाले काँग्रेसको उक्त गठबन्धन भत्काउँदै राना निर्वाचित भएका छन । त्यही कारण एमालेका उम्मेदवार रानाले राप्रपाबाट भन्दा निकै कम ७१मत ल्याएका छन । 

उक्त वडामा फर्जी मत हालेको भन्दै एमाले, काँग्रेसका नेताहरुले मतदान स्थगित गराएका थिए । उक्त निर्वाचन जेठ ३ गते सम्पन्न गरेर साेहि दिन साझ बाट मतगणना सुरु भएकाे थियाे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>