अरुण भट्ट -
शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ मा नेकपा(माओवादी केन्द्र)का बहादुर सिंह महरा प्यानल सहित निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि उमेदवार रहेका चार सदस्य सहित अध्यक्ष पदका पुरानै पदाधिकारीहरुले शानदार मत सहित जित हासिल गरेका छन् । मतदानमा खसेका ३ हजार २ सय ७५ मतमा प्रतिस्प्रधि नेपाली कांग्रेस र नेकपा ऐमालेका उमेदवारहरुलाई फराकिलो मतान्तरले पछि पार्दै पुरै टिम निर्वाचित भएको हो ।
वडामा नगर प्रमुख, उप प्रमुख सहित पुरै नेकपा (माओवादी केन्द्र)का उमेदवारहरुले प्रतिस्प्रधिलाई पछि छाडेर मत लिएका छन् । विजयी महराले खसेको मतमा ९ सय ३१ मत ल्याएका छन् । प्रतिस्प्रधि कांग्रेसका चक्र ठगुन्नाले ५ सय ७६ र ऐमालेका कृष्ण गठुन्नाले ५ सय ६९ मत ल्याएका छन् । शुक्लाफाँटाको वडा नं. ८ मा पुरानै जनप्रतिनिधीहरुको दबदवा देखीएको छ ।
स्थानीय निकायको निर्वाचनमा धेरै ठाउँमा पुरानै जनप्रतिनिधीहरु उमेदवारका रुपमा देखीएका छन् । तर शुक्लाफाँटामा वडा नं. ३ र ८ बाट नेकपा(माओवदी)का नरेन्द्र चौधरी र बहादुर महरा नेतृत्वको टोलीले शानदार विजय हासील गरेको छ । दुबै वडामा पुरानै अनुहार रहेका थिए । यस अघि एक कार्यकाल जनप्रतिनिधी भैसकेकाहरु प्रति जनताको गुनासो बढेको छ । नयाँ प्रतिस्प्रधि भन्दा पुराना दोहरिन खोज्ने उमेदवारहरुलाई गाह्रो भैरहेका बेला शुक्लाफाँटा वडा नं. ८ र ३ मा भने माओवादी केन्द्रका उमेदवारहरुले फराकिलो अन्तरले विजय भएका छन् । शुक्लाफाँटा नगरपालिका भरिका १२ वडा मै महराको विकास, शुसासन, भष्ट्राचार न्युनीकरण जस्ता कदमले सबै वडामा उनको चर्चा हुने गरेकोछ । नगर भरी उनको पक्षमा समर्थकहरु बढेका छन् । वडा अध्यक्ष सहित वडा सदस्य समेत पुरानै उमेदवारहरु रहेका छन् । वडामा उदाहरणीय विकास निर्माण र पारदर्शीता, शुसासनले बहादुर सिंह महरा र उनको नेतृत्वको टोली आफ्ना जित भएको दावी गरिरहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया