Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०६ गते शुक्रबार

बर्दिबासमा काग्रेसकाे जमानत जफत बागि उमेदबार बिवयी

महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् ।  माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प्राप्त गरे । उपप्रमुखमा पनि स्वतन्त्र उम्मेवार तारादेवी महतो विजयी भएकी छन् ।

महतोले ९ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत प्राप्त गरेकी छन् । क्षेत्रीले काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएरका थिए । काँग्रेस प्रदेश कमिटीबाट पाएको टिकट केन्द्रले खेसेर चिरंजीवी हमाललाई आधिकारीक उम्मेदवार बनाएको थियो । क्षेत्रीले काँग्रेस उम्मेदवार हमालको जमानत समेत जफत हुने अवस्था बनाइ दिए ।

खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा हमालको जमानत जफत भएको । उनले १२६३ मत मात्र ल्याएका थिए । क्षेत्रीले काँग्रेस उम्मेदवारको जमानत जफत मात्र गरेनन् ०७४ मा माओवादी केन्द्रले जितेका मेयर र उपमेयर पद पनि खोस्न सफल भए ।

उनको प्यानलले माओवादी, नेकपा एमाले, काँग्रेस, जसपा लगायत दललाई पराजित गरेको हो । स्वतन्त्र उम्मेदवार क्षेत्री र महतोको चुनाव चिन्ह पनि एउटै जेब्रा थियो । जेब्रा चुनाव चिन्ह लिएका उम्मेदवारले १, ७, १३ र १५ मा वडाध्यक्ष पनि जितेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>