गौरीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा माओवादी केन्द्रका देविदत्त कडेल र उप प्रमुखमा नेपाली कांग्रेसका भोज बहादुर बम विजयी भएका हुन् । १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कडेल प्रमुखमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । ७ हजार १ सय ६३ मतान्तरले कडेल विजयी भएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका भोज बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी भए । उपप्रमुखमा एमालेका शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए । ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी भएका छन् ।
२६ हजार ९ सय ८५ मत खसेको गौरीगंगामा २६ हजार ३०३ मत सदर हुँदा ६ सय ८२ मत बदर भएका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया