कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा पनि नेपाली काँग्रेस निर्वाचित भएको छ । एमाले गढ भत्काउँदै १०मा काँग्रेसको प्यानलै निर्वाचित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार एमाले भन्दा दोब्बर मतले काँग्रेस निर्वाचित भएको छ । काँग्रेसका युवा नेता महेश चन्दले माओवादीका उम्मेदवार तारा प्रशाद जोशीलाई २८० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । चन्दले ११ सय र जोशीले ८२० मत ल्याएका थिए ।
एमालेका प्रमानन्द जोशीले ५९४ मत ल्याएका छन । सदस्य तर्फ काँग्रेसबाटै प्रताप सिह साउद, हर्कराज गिरी, मञ्जु फर्सुवान, लक्ष्मी देवी सुनार निर्वाचित भएका छन । उक्त वडामा यस अघि एमालेले जितेको थियो । तरुण दल कञ्चनपुरका युवा नेता महेश चन्दले वडाको सम्बृद्धि गर्ने योजना अघि सारेका छन ।
यस अघि नगर विकास समितिको भ्रष्टाचार आन्दोलनको अगुवाई गरेका चन्दले भ्रष्टाचार बिरुद्धमा जाने बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया