Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०८ गते आइतबार

गठबन्धन पराजित गर्दै धनगढी उप महानगरमा हमालले प्राप्तगरे बिजय ।

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको ३१ गते बाट थालनी गरिएको मतगणना (आज) आइतबार ९औँ दिन सम्पन्न भएको छ।

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जना अर्थात् ६८.४० प्रतिशतले मतदान गरेका थिए।

उपमहानगरको सबै मतगणना सकिदा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२०४८ मतको अग्रताका साथ विजयी भएका छन् । उनले जम्मा मत २६८६५ पाएका छन् ।

त्यस्तै, निवर्तमान मेयर समेत रहेका नेपाली काँग्रेस र गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप ब. ओडले भने लज्जास्पद हार व्यहोर्न बाध्य भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी हमालले लगभर दोब्बर मत ल्याउँदा उनी भने १४८१७ मत मै सीमित भएका छन् ।

यस्तै, धनगढी उपमहानगरमा एक्लै लडेको नेकपा एमाले का तर्फबाट मेयर पदका उम्मेदवार रण ब. चन्द ९११५ मत सहित तेस्रो स्थानमा समेटिएका छन् ।

त्यस्तै, धनगढी उपमहानगरको उपमेयरमा माओवादी केन्द्र तथा गठबन्धनकी साँझ उम्मेदवार शान्ति अधिकारीलाई २८०९ मत अन्तरले पराजित गर्दै मतगणना अवधिको अन्तिम दिन सम्म पछाडि रहे पनि (हिजो) शनिवार मात्रै पुनरागमन गरेकी नेकपा एमालेकी कन्द्रकला रानाले १५४७९ मत सहित जित हासिल गरेकी छन् । भने अधिकारीले १२६७० मत मात्रै प्राप्त गरेकी छन् । यस्तै, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ६६०९ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार र उप-मेयरमा एमाले की उम्मेदवार विजयी भएको र जम्मा १९ वडा रहेको धनगढी उपमहानगरको २ वडा ६ र १६ मा माओवादी, ७, ८, १०, ११, १२ र १८ गरी ६ वडामा एमाले र अन्य १, २, ३, ४, ५, १४, १५, १७, १९, ९ र १३ गरी ११ वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

२०७४ मा मेयर र उपमेयर सहित १२ वडा जितेको नेपाली काँग्रेस २०७९ मा मेयर उपमेयर गुमाएर ११ वडामा खुम्चिएको छ । भने ०७४ मा ६ वडा जितेको माओवादी २ वडामा सीमित भएको छ । त्यस्तै, २ वडा जितेको एमालेले मेयरमा हार व्यहोरेको छ । भने उप-मेयरमा जित निकाल्दै   थप ६ वडामा पनि विजयी हासिल गरेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>