Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १३ गते शुक्रबार

सुरक्षा अधिकारी लाई हटाएर, बाजुराकाे बुढिगंगामा पुन मतदान हुने ।

निर्वाचन आयोगले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ। बुढीगंगामा चुनाव स्वच्छ, स्वतन्त्र तथा निस्पक्ष नभएको निर्णय गर्दै आयोगले बिहीबार त्यहाँ पुनः मतदान गर्ने निर्णय गरेको हो। योसँगै बुढीगंगामा वैशाख ३० गते भएको मतदान रद्द भएको छ।

आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई तीन दिनभित्र हटाएर अन्य कर्मचारीलाई जिम्मेवारीमा खटाउन पनि निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडपाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टलाई हटाउन आयोगले निर्देशन दिएको हो। 

मतदान कार्यमा सिडिओ पौडपाल, प्रहरी नायब उपरीक्षक ओझा तथा सशस्त्र प्रहरी उपरीक्षक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरेको र निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निस्पक्षतामा आँच आउने काम गरेको ठहर आयोगको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>