Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २० गते शुक्रबार

काेभिड बुष्टर डाेजले मृत्यु भएकाे आराेपमा वडा स्वास्थ्य कार्यालय बन्द । अनुसुचि फारम समेत नभरेकाे जनस्वास्थ्य प्रमुख

चार दिन अघि बुष्टर डोज खोप लगाएर  बिहिबार मृत्यु भएकि भनिएकि भीमदत्त नगरपालिका १९बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको मृत्यु प्रकरण पछि केही स्थानीले स्वास्थ्यकर्मीले लार्पबाही गरेको भन्दै स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन । रानाको मृत्यु भएको राती स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन । 

मृतक परिवार र आफन्तले सरकारका कर्मचारीको लार्पबाहीले गंगाको मृत्यु भएकाले नगरपालिकासंग क्षतिपूर्तिको माग अघि सारेका छन । मृतक पक्ष नगरपालिका आएका छन ।

मृतकका जेठाजु दशरथ रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । ‘खोप लगाएर गंगाको मृत्यु भएको छ, केही बिरामी भएका छन, ‘उनले भने, ‘यो खोप पुरानो वा सकिएको हो, किन लगाईयो ।’ गंगाको मृत्युसंगै उनका नाबालक छोरा टुहुरा भएका छन । गंगाका श्रीमान रवी मजदुरी गर्दै घर परिवार चलाउँदै आएका छन ।

स्वास्थ्य केन्द्र बागफाँटाका इन्चार्ज उर्मिला जोशीले गंगा बिहान खोप लगाउनका लागि राम्रो अवस्थामा आएको बताईन । गंगाको मृत्यु प्रकरण बारे स्वास्थ्य कार्यालय, भीमदत्त नगरपालिका पन्छिन खोजेकाे उनकाे आराेप छ ।

जनस्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख शिवराज सुनारले खाेप लाएर मृत्यु भयाे वा अरु कारणले हाे पाेष्ट मार्टम रिपाेर्ट पछि थाहा हुन्छ तर खाेप पछि मानिसमा केही फरक लक्षण देखिए स्वास्थ्यकर्मि काे सम्पर्कमा आउनु पर्ने र उनिहरुले अनुसुचि फारम भर्ने हुन्छ त्यस बाट पनि केही जानकारि हुन्छ त्याे पनि भरिएकाे छैन । क्षतिपुर्ति लगायतका बिषयका बारेमा अहिले सम्म त्यस्ताे जानकारी नपाएको नआएकाे उनले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>