महाकाली प्रादेशिक अस्पतालले कानको निशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । महाकाली प्रादेशिक अस्पतालले सिविएस, जर्मनीको आर्थिक सहयोग तथा ईम्याक्ट नेपालको सहाकार्यमा झण्डै ७५ जना कानका विरामीको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य सहित शिविरको आयोजना गरेको हो ।
सोमबार महाकाली अस्पतालले एक सूचना जारी गर्दै यहि जेठ २५ गते र २६ गते सम्म कानका विरामीको निशुल्क जाँच गर्ने र विरामीको जाँचपश्चत शल्यक्रिया आवश्यक भएका विरामीहरुको नामावली अनुसार २५ गते देखि ३१ गतेसम्म निशुल्क शल्यक्रिया गरिने जनाएको छ ।
शिविर अवधिमा ७० देखि ७५ जनाको शल्यक्रिया गर्नसकिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसरा शल्यक्रिया बाहेकको अन्य अर्च विरामी आफैले व्यवस्था गर्नुपर्नेछ । १४ बर्षभन्दा माथि उमेरका विरामीको मात्रै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया