महाकाली प्रादेशिीक अस्पतालमा ६२ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । ईम्पेक्ट नेपालको प्राबिधिक सहयोगमा महाकाली अस्पतालको व्यवस्थापनमा कानका बीरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । अस्पतालमा २५ र २६ गते चेकजाच र त्यसपछि अप्रेसन गरिएकाे थियाे ।
महाकाली प्रादेशीक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले आयोजना गरेको निःशुल्क शल्यक्रिया शिविरमा ३ सय ५० जना चेकजाँचको लागि आएकोमा ६२ जनाको शल्यक्रिया गरेको बताए ।
‘यो शिविरले यहाँका न्युन आय भएका बीरामीहरुको लागि ठुलो सहयोग पुगेको छ ।’ उनले भने (‘सामान्यतया कानको शल्यक्रियाका लागि ४० हजार भन्दा बढी खर्च हुन्छ त्यो जोगिएको छ ।’
शिविरमा बढी जसो कानको जाली र कान पाक्ने समस्या भएका बिरामीहरु आएका थिए । कानको समस्याबाट बच्न कानमा पानी र तेल नहाल्ने,कान नकोट्याउने र रुघाखोकी लागे समयमै उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया