Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बाजूरा
२०७९ असार ०२ गते बिहिबार

बुढिगंगामा चुनाव गर्न काग्रेसकाे माग, महिना दिन पछि समेत निर्वाचन आयाेगले तय गर्न सकेन चुनावकाे मिति ।

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ। वैशाख ३० मा भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन : चुनाव गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।

‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के हो संशय उत्पन्न भएको छ,’ जिल्ला सभापति रावलले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ।

कार्यालयले चुनावको मिति घोषणा गर्न नसकेको आरोप पनि काँग्रेसको छ। बुधबार सर्वदलीय बैठक भए पनि निर्वाचनको मिति घोषणामा सहमति हुन सकेको थिएन। एमालेका नेताहरू बीचमै बैठक छाडेर गएका काँग्रेसमा महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले बताए ।

एमालेले वैशाख ३० मै मतदान भएकोले उक्त मत गणना गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको थियो।​ बुढीगंगामा जनप्रतिनिधिविहीन हुँदा जनताले दुःख पाएकोले गम्भीर भएर पुनः निर्वाचनको मिति तय गरिनुपर्ने काँग्रेसको माग छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>