Samriddhipost
२०८१ असोज २३ गते बुधबार
२०७८ भदौ ०८ गते मङ्गलबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसित माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले उक्त मूल्यवृद्धिको भर्त्सना गरेका छन् । कोरोना र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई नेपाल आयल निगमले थप पीडा दिने गरी मूल्यवृद्धि गरेको उनले उल्लेख गरेका छन् ।

“नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सोमबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टीतेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ वृद्धि गरी १,४५० कायम भएबाट पुनः सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुने निश्चित छ,” विज्ञप्तिमा भनिएको छ, “आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ ।”

निषेधाज्ञा र महामारीबीच पटक–पटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको नेविसंघको ठहर छ । “स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालोबजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरूको शीर्षक कटौतीतर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक–पटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको हाम्रो ठहर छ,” विज्ञप्तिमा उल्लेख छ ।


#नेपाली कांग्रेस #नेविसंघ #मूल्यवृद्धि #नेपाल आयल निगम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>