गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनेअठाेट र प्रतिबद्धता कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दीपकप्रकाश भट्टले बिहीवार सार्वजनिक गरेका छन । संसदकाे शिक्षा तथा स्वास्थ्य समितिमा यस विषयलाई एजेन्डा बनाएर छलफलमा ल्याउन निवेदन दिएका छन् ।
संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७० बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिको कार्यक्षेत्रभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पर्छन ।
डा. भट्टले समिति सभापति लाई सम्बोधन गर्दै गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अगाडि बढाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन ।
‘चिकित्सा विश्वविद्यालय बनेमा सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउने छ,' उनले भने, 'कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पलात, डडेल्धुरामा रहेको संघीय अस्पताल र अन्य जिल्ला अस्पतालहरुलाई समेत विश्वविद्यालय अन्तर्गत आंगिक मेडिकल संस्थानका रुपमा सञ्चालन गर्न सकेमा यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने छ ।'
चिकित्सा विश्वविद्यालय स्थापना भएमा यसबाट जनशक्ति उत्पादन देखि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनको विश्वास छ ।
विश्वविद्यालय स्थापनाको मागमा कैलाली र कञ्चनपुरमा बलियाे जनमत बनिरहेको छ । दवाव समूहहरु सडक आन्दोलनको तयारीमा छन् भने डा. भट्ट संसदमा निरन्तर यो मुद्दामा आफ्नो विचार राखिरहेका छन ।
डा. भट्टले विश्वविद्यालयको अवधारणामा जाने बितिक्कै त्यसबाट सुरुका वर्षमा केही जनशक्ति अभाव जस्तो देखिए पनि अन्यत्रबाट आउने वातावरण बन्ने र विस्तारै त्यही दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताएका छन् ।
देशमा विद्यमान स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन र अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेशमा एउटा पनि चिकित्सा विद्यालय, महाविद्यालय वा प्रतिष्ठान नभएकोले अब बन्ने नयाँ मेडिकल कलेज वा प्रतिष्ठानले आँउदा दिनहरूका लागि दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने भएकाले नेपालको पहिलो राष्ट्रिय चिकित्सा विश्वविद्यालय कैलालीको गेटामा स्थापना गर्ने सम्बन्धमा अति आवश्यक छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहितको समितिको बैठक बोलाउन पनि डा. भट्टले समितिलाई अनुरोध गरेका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया