Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार १८ गते शनिबार

पर्शुरामकि १० महिने शिशु आर्थिक अभावले अस्पताल लग्न सकेनन, सहयाेग गरिदिन आब्हान ।

डडेल्धुराको परशुराम नगरपालिकाकी १० महिने सर्मिला धामीको मुटुमा दुई वटा प्वाल परेको छ । जिल्लाको परशुराम नगरपालिका १२ का टेक धामीकी छोरी सर्मिलाको मुटुमा प्वाल परेको हो । १० महिने सर्मिलाको मुटुमा प्वाल परेपछि उनलाई उपचारका लागि धनगढी स्थित बाल हस्पिटल लगिएको थियो । तर त्यहाँ निको नभएपछि थप उपचारका लागि काठमाण्डु लग्नु पर्ने टेक धामीले बताए ।

उपचारका लागि काठमाडौं लग्नुपर्ने भएपनि आर्थिक समस्या भएकाले हालसम्म लग्न नसकेको धामी बताउँछन् । सर्मिलाको उपचारका लागि गाउँमा सापटी रुपैयाँ माग्न घर घर पुगेपनि कसैले नदिएको धामीको गुनासो छ ।  उनले आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

धामी दुःख पोख्दै भने ‘१०  महिने मेरि छोरि सर्मिलाको उपचार मैले जसरी पनि गर्नुछ । यति सानै उमेरमा मुटुमा दुई वटा प्वाल परे ।  उपचारका लागि धनगढी लगे तर त्यँहाबाट काठमाडौँ लग्नु भन्यो । अब मसँग त्यत्रो पैसा छैन कसरी लग्ने भन्ने मनमा ठुलो परि परेको छ । गाउँमा पछि ब्याजसहित तिर्छु भनेर पैसा माग्दा पनि कसैले दिँदैनन् ।

उनले सहयाेग आब्हान गर्दै भने हजुरहरु समक्ष यति आग्रह गर्छु की जति हुन्छ सहयोग गरिदिनु होला । सहयोग गर्नुहुनेछ भन्ने ठुलो अपेक्षा राखेको छु।’

सहयोग गर्न चाहनु हुनेले खाता न.२४४०१०००८१९०२१०००००१, शाखा जोगबुढा भएको नेपाल बैंक लिमिटेडको खातामा रकम पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८४८८३०३९९, ९८२४७३९०८६, ९८२२६८४७७४ मा जानकारी लिन सक्नु हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>