Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार २२ गते बुधबार

लालझाडी गाउँपालिका पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना पालिका घाेषणा ।


कञ्चनपुरको लालझाडि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । बुधबार पालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाले लालझाडी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नुभएको हो । घोषणा सभाका प्रमुख अतिथि समेत रहनु भएका रानाले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रूपमा अघि बढेको बताउनु भयो ।

पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा सञ्चालित कार्यक्रमको अध्यक्षता गर्नुभएका पालिका अध्यक्ष निर्मल रानाले घोषणालाई सार्थक र दिगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका लागि सबैसँगको सहकार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । 

पालिका क्षेत्र भित्रका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूलाई मापदण्ड अनुसार खोप दिएको पाइएकोले वडा हुँदै नगरपालिकालाई समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरले बताउनु भयो । उहाँका अनुसार अब छिट्टै कञ्चनपुर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>