Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २२ गते बुधबार

लालझाडी गाउँपालिका पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना पालिका घाेषणा ।


कञ्चनपुरको लालझाडि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । बुधबार पालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाले लालझाडी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नुभएको हो । घोषणा सभाका प्रमुख अतिथि समेत रहनु भएका रानाले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रूपमा अघि बढेको बताउनु भयो ।

पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा सञ्चालित कार्यक्रमको अध्यक्षता गर्नुभएका पालिका अध्यक्ष निर्मल रानाले घोषणालाई सार्थक र दिगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका लागि सबैसँगको सहकार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । 

पालिका क्षेत्र भित्रका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूलाई मापदण्ड अनुसार खोप दिएको पाइएकोले वडा हुँदै नगरपालिकालाई समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरले बताउनु भयो । उहाँका अनुसार अब छिट्टै कञ्चनपुर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>