Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ भदौ १९ गते आइतबार

कंचनपुर डेङ्गुकाे उच्च जाेखिममा, यस्ता हुन्छन लक्षण ।
साङ्केतिक तस्बिर

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । 

भाद्र पहिलाे साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा चाँदनी स्वास्थ्य शाखाले भारत बाट आएकामा मानिस बिरामि भएकाे बताएकाे छ ।

भारतसँग खुला सीमा जोडिएको कारण आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा  छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताए ।

कञ्चनपुर र कैलाली डेङ्गुको उच्च जोखिममा छन्, पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेकाे स्वास्थ्य कार्यालयको प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेङ्गु सार्ने प्रजाति भेटिएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

वर्षातमा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की, पुराना टायर लगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्छ । यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु नहुने जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयका स्टाेर प्रमुख गणेश दत्त जाेशीका अनुसार अहिले डेङ्गु परीक्षण गर्न किट पर्याप्त मात्रामा नभए पनि केही मात्रामा रहेकाे बताएका छन ।

महाकालि अस्पतालका डाक्टर धिरज जाेशीका अनुसार डेङ्गु लागेमा उच्च ज्वरो, हाड जोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन्  डेङ्गु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ । गत वर्ष कञ्चनपुरमा १५ जनामा डेङ्गु देखिएको थियाे ।

केही दिनयता अस्पतालमा मलेरिया र डेङ्गुका बिरामी देखिन थालेको महाकालि अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा ज्वरोका बिरामी बढेका छन, गत साता डेङ्गुका बिरामी आएका थिए, एकजनालाई धनगढीस्थित सेती अस्पताल रेफर गरिएकाे थियाे । अहिले अस्पतालमा  भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>