Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असोज ०५ गते बुधबार

१७ हजार बढि डेङ्गु संक्रमित हुदा सरकारले कुन किसिमकाे हाे पत्ता लगाउन सकेन ।

डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा देशभर प्रकोप देखिएको छ। साउन महिनायता डेंगुको संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ भने ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।

सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसबेला जम्मा ६८ जिल्लामा डेंगुका केस पुष्टि भएको थियो । अहिले ४ वर्ष पहिलेको भन्दा अझ बढ्ने देखिएको छ । 
हाल सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ हजार ९७८ जना डेंगु संक्रमित भएका छन् । ४ वर्ष पहिले पनि लामखुट्टे नियन्त्रणमा चुक्दा डेंगुले लामो समयसम्म धेरै प्रभावित भएकाे बिज्ञहरु बताउछन । 

१७ हजार बढी संक्रमित केश पुग्दा पनि सरकारले नेपालमा संक्रमण भइरहेको डेंगु कुन हो भनेर पत्ता लगाउन सकेको छैन । सन् २०१६ मा सेरोटाइप वान तथा सन् २०१९ मा सेरोपाइप टु देखिएको थियो ।

हाल देखिएको डेंगु कुन सेरोटाइपको हो भन्नेबारे अध्ययन नै छैन । सातवटै प्रदेशका १० वटा अस्पतालबाट ५० वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विश्व स्वास्थ्य संगठनलाई परीक्षणका लागि अनुरोध गरिएको महाशाखाकाे भनाइ छ । 

डेंगुको सेरोटाइप डेन १ देखि डेन ४ सम्म हुन्छ । हाल संक्रमण भएका व्यक्तिलाई अर्को प्रकोपको समयमा पनि संक्रमित हुन सक्ने बिज्ञहरु बताउँछन् । पुन: संक्रमित हुँदा अर्को सेरोटाइपले संक्रमण भएमा कडा खालको लक्षण देखिने बिज्ञहरुकाे भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>