Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
दार्चुला
२०७९ असोज ०५ गते बुधबार

दार्चुला जिल्लामा पहिलाे पटक जिन एक्सपर्ट मसिनद्वारा क्षयराेग परिक्षण सुरु ।

जिल्ला अस्पताल दार्चुलामा पहिलाे पटक क्षयराेग परिक्षण हुने भएकाे छ । जिन एक्सपर्ट मेसिन द्वारा क्षयरोगको ल्याब परिक्षण सेवा सुचारु भएको छ।

यहि असोज ४ गते रास्ट्रीय क्षयरोग केन्द्रको सहयोगमा प्राप्त मेसिन जडान गरि एक कार्यक्रमका बिच बुधबार महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर र अस्पताल ब्यावस्थापन समिती अध्यक्ष दिपक जोशिले संयुक्त रुपमा उद्घाटन गरेका गरेर सेवा सुरु गरिएकाे छ ।

सेवाको ब्यावस्थापन र जडानमा क्षयरोग केन्द्र र स्वास्थ्य निर्देशनालयको संयुक्त टिमले जिल्ला अस्पताल दार्चुलाको ल्याब बिभाग लाई सहयोग गरेको थियो। यो मेसिन मार्फत हुने परिक्षणमा ९२ प्रतिशत परिक्षणको नतिजा विस्वासीलो हुने बताइएको छ।
यो उपकरण जडानका लागि अस्पतालका अध्यक्ष जाेशी र ल्याब टेक्निसियन रघुबिर भट्टले निरन्तर रुपमा प्रदेश स्वास्थ्य निर्देशनालय र रास्टीय क्षयरोग केन्द्र संङ्ग समन्वय गरि अस्पतालको ल्याब सेवा बिस्तार मा सहयोग गर्नुभएको राष्ट्रिय क्षयरोग केन्द्रका सुप फोकल पर्सन कृष्ण भुसालले बताएका छन।

जिल्ला अस्पतालमा ७८ चैत्र देखि नयाँ ब्यावस्थापन समिती चयन भएको थियो। ब्यावस्थापन समितिले जिल्ला अस्पतालको सेवाको गुणस्तर सुधार र सेवा बिस्तारमा निरन्तर पहल गरिरहेको मा अहिले जिल्ला अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, बिल काउण्टर संन्चालन, स्वास्थ्य बिमा, एक्सरे, ल्याब, एम्बुलेन्स र फार्मेशी सेवा संचालन गरेको छ।

हाल अस्पतालले जिल्लाभरी र नजिकको भारतिय समुदायका बिरामिले समेत सेवा उपभोग गरिरहेको जिल्ला अस्पतालको १५ सैयाको अस्पतालको स्वीकृत दरबन्दी भए पनि कहिले ५५/६० सैयामा राखेर सेवा दिइरहेको छ। स्वीकृत दरबन्दी अनुसार जनशक्ति निकै न्यून रहेकोमा अस्पताल ब्यावस्थापन समिती र महाकाली नगरपालिका ले थप जनशक्ति ब्यावस्थापन गरि सेवा दिइरहेको भए पनि अझै थप जनशक्ति आवश्यक रहेको जिल्ला अस्पतालका अध्यक्ष जोशिले बताउनु भयो।

ब्यावस्थापन समितिको श्रोत निकै न्यून रहेको र बजेट अभावको कारण धेरै सुबिधा बिस्तार र गुणस्तर सुधारमा निकै चुनौती रहे पनि त्यसकालागी स्थानिय तहहरु र प्रदेश मन्त्रालयमा निरन्तर पहल गरिएको, कतिपय औषधि र जाचहरु निशुल्क गरिएको र त्यसको मागअनुसारको आपूर्ति समयमै हुन नसक्दा सेवाग्राहिलाई सेवा दिनमा निकै समस्या महसुस भएको अध्यक्ष जाेशीले बताउनु भयाे ।

ब्यावस्थापन समितिले सक्दो रुपमा बजेट ब्यावस्थापन गरि निशुल्क परिक्षणका रिएजेन्ट, औषधि  र किटहरु ल्याएपनी बिरामिको चाप उच्च रहेकाले सरोकारवालालाइ आवश्यक सहयोगको अपिल अध्यक्ष जोशिले गर्नु भएको छ।

जिन एक्सपर्ट मेसिनको उद्घाटन कार्यक्रम मा महाकाली नगरपालिका मेयर चैसिरले अस्पताललाइ आवश्यक सहयोग गर्न महाकाली नगरपालिका सदैव तयार रहेको बताउनु भयो भने अध्यक्ष जोशिले सेवा सुधारमा महाकाली नगरपालिकाले गरेको सहयोगकालागी धन्यवाद दिदै थप सहयोगका लागि अनुरोध गर्नु भयो।

यस अघि यो सेवा नहुदा बिरामिको नमुना संकलन गरेर डडेलधुरा वा धनगढी पठाउने गरिन्थ्यो। दिनको तीन दर्जन बढी नमुना सम्म जाच अब जिल्लामै गर्न सकिनेछ। जसले सेवाग्राही लाई निकै सहज हुनेछ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>