Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ११ गते मङ्गलबार

तेर्ह अशाेजबाट भारि वर्षा नहुने

आगामी बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र दैनिक वर्षाको सम्भावना कम हुँदै गएकाले आगामी बिहीबार रातिबाट सामान्यतया मौसम सफा रहने महाशाखाले जानकारि दिएकाे छ ।

दैनिक रुपमा वर्षा घट्दै जाने, अब भारी वर्षाको सम्भाना छैन। बिहीबार रातिको बाट त सामान्यतया मौसम सफा हुनेछ।’ 
केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ। 

यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।

मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।

अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ। यसैले मनसुन अझै केही दिनसम्म कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले वानकारि दिएकाे छ ।

यसपालिको साधारणतया मनसुन सकिने मिति अक्टुर २ अर्थात असोज १६ हो। अब त्यहीँ मितिमा सकिन्छ भन्ने हुँदैन त्यसको १-२ दिन तलमाथि हुनसक्ने महाशाखाले जनाएको छ ।

अघिल्लो वर्ष पनि दसैंकै आसपास अर्थात अक्टुबर ६ मा भारतमा सकिएको मनसुन केही दिनपछि नेपालमा सकिएको थियो। सोही अनुसार यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म मनसुन पुग्ने देखिएको हो। 

मनसुन सधैं एकै समय सकिन्छ भन्ने हुँदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो। कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ। यसपालिको औसत अक्टुबर २ छ। पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेप्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ ।

मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको मौसमविद् बताउँछन्।

नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब बार्ह, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>