Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज २९ गते शनिबार

कंचनपुर जनचेतना फैलाउन कण्डम दिवश मनाईयाे ।

 आज नेपालमा राष्ट्रिय कण्डम दिवस मनाइएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबारका दिन नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी राष्ट्रिय कण्डम दिवस मनाउने गरिएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना एवं यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सक्रियतामा शनिबार कञ्चनपुरको महेन्द्रनगरमा पनि "दोहोरो सुरक्षाका लागि कण्डमकाे प्रयोग गरौँ" भन्ने नाराका साथ २८औँ राष्ट्रिय कण्डम दिवस मनाइएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा एचआइभी, एड्स, यौन रोग तथा अनिश्चित गर्भ रहनबाट बच्न र बचाउन कण्डमको सही प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने लगायतका विषयमा अभियन्ताहरूले चेतनामूलक सन्देश प्रवाह गर्नुभएको छ ।
कार्यक्रममा सहभागी महिला तथा पुरुषहरूले छुट्टाछुट्टै कण्डम फुलाउने प्रतिस्पर्धा समेत गर्नुभयो । कण्डमको प्रयोग, यसको प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने विधि लगायतको बारेमा जानकारी दिनुका साथै निःशुल्क कण्डम वितरण समेत गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन अधिकृत कपिलदेव जोशीले बताउनु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>