Samriddhipost
२०८३ असोज २८ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०९ गते बुधबार

स्वतन्त्र उमेदवार सिहले खाेले निर्मलाकाे घरमा सम्पर्क कार्यालय, काग्रेस नेतृत्वकाे सरकार हुदा समेत न्याय दिन सकेन सिह ।

कञ्चनपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक बहादुर सिंहले भीमदत्त नगरपालिकाका २ वडामा बुधबार सम्पर्क कार्यालय स्थापना गरेका छन्।

उनले निर्वाचन क्षेत्रका विभिन्न ठाउमा सम्पर्क कार्यालय स्थापना गरेका छन । काग्रेस भित्रकाे आन्तरिक लाेकतन्त्र कमजाेर भएकाे पार्टिले पाका र लामाे समय काम गरेर जीवन बिताएका  नेतालाई समेत सेवा गर्ने अवसर नदिएकाे भन्दै नेपाली कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेर सिंह मत माग्न घरदैलो गरिरहेका छन्।

चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि गरिने हरेक आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाउदै सिंहले निर्मलाकै घरमा सम्पर्क कार्यालय खोलेका हुन्।

‘बलात्कारपछि पाशविक तरिकाले हत्या गरिएकी निर्मलाले अहिलेसम्म न्याय पाउन सकेकी छैनन्,’ सम्पर्क कार्यालय उद्घाटन गर्दै सिंहले भने, ‘४ वर्ष बितिसक्यो दोषी पत्ता लागेको छैन्, निर्मलाले कहिले न्याय पाउँने?’

सिंहले निर्मलाकी आमा दुर्गादेवीसँग भेटेर न्याय प्राप्तिका लागि अब झन ठूलो आन्दोलन गर्नुपर्ने र त्यसमा आफ्नो साथ–समर्थन रहने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उक्त घटना भएपछि कांग्रेसले ओली सरकारले अपराधि को संरक्षण गरेको आरोप लगाउँदै आन्दोलन चर्काउन मद्धत गरेको थियो। 

अहिले कांग्रेस र माओवादी केन्द्रलगायतको गठबन्धन सरकार छ। तर, निर्मलाको न्यायका लागि कसैले आवाज नउँठाएको सिंहले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>