Samriddhipost
२०८३ असोज २८ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

सत्ता गठबन्धनले खाेल्याे बेलाैरिमा संयुक्त प्रचारप्रसारका लागि सम्पर्क कार्यालय ।

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि बेलौरी नगरपालिकाका वडाहरुमा संयुक्त प्रचारप्रसार वडा समितिका कार्यालय खोलिएका छन ।
बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख) मुल निर्वाचन परिचालन समितिका संयोजक चेतन कुमार राईले शुक्रबार बेलौरी नगरपालिका १ र ६ नम्बर वडामा निर्वाचन परिचालन समितिका कार्यालय उद्घाटन गरिएको बताए ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख) मुल निर्वाचन परिचालन समितिका सह संयोजक राजेन्द्र प्रशाद जोशीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी बहुमतले जिताउनका लागि वडा वडामा सम्पर्क कार्यालय मार्फत नेता कार्यकर्ताहरुले एकढिक्का भएर संविधान पक्षधर शक्ति विजयी गराउने प्रतिबद्धता जोहर गरेका छन ।

निर्वाचन परिचालन वडा कार्यालय उद्घाटन गर्दै बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट १(ख) उम्मेदवार दिवान सिह विष्टले संविधान रक्षाका साथै क्षेत्रको विकासका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारत्रय बिना मगर, आफु दिवान सिह विष्ट र बन्धु रानालाई भारी मतदिन अपिल गरेका छन ।
नेकपा माओवादी नेतृ एव समानुपातिक उम्मेदवार दिपा चौधरीले वडा वडामा बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता आफ्ना उम्मेदवार जिताउन युद्धस्तरमा खटिनुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>