क्रिकेटर सन्दीप लामिछाने विरुद्धको अभियोगमा बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए । उनले जबर्जस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको बताए ।
उनले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्ने बारेमा पनि वकालत गरेको बताए । उनले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताए । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्म दर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको बताए ।
उनले भने, ‘आज विशेष गरी प्रतिवादीको तर्फबाट काठमाडौं जिल्ला अदालत समक्ष हामीले दुई वटा विषयवस्तु जोडदार रुपमा उठायौँ । पहिलो कुरा जुन जबर्जस्ती करणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्म दर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने, किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्म दर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’ बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया