Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०७९ कार्तिक १७ गते बिहिबार

भाेलि महेन्द्रनगरमा एमाले अध्यक्ष ओली आउने, चुनावि सभालाई सम्बाेधन गर्ने ।
फायल फाेटाे

भाेलि कंचनपुर सदरमुकाम महेन्द्रनगरमा हुने नेकपा (एमाले) को चुनावी अभियानलाई भव्य बनाउन तयारी थालिएको छ। शुक्रवार दार्चुला बाट बाट चुनावी अभियानकाे सुरुवात गरेर बैतडी र महेन्द्रनगरकाे सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । देशभरका चुनावी अभियानको व्यानरमा चुच्चे नक्सालाई राखिने गरी एमालेले तयारी थालेको एमाले नेताहरुले बताएका छन ।

चुनावी सभाकाे मञ्च व्यवस्थापन र  प्रचारप्रसारको काम तीव्र पारिएको एमाले एमाले कंचनपुरका नेता तथा यातायात ब्यावस्थानप समिति संयाेजक बिष्णु कडडेलले जानकारी दिए।

‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन एमालकै सरकार’ भन्ने मूल नाराका साथ एमालेले अभियानको थालनी गर्ने भएको हो। 

‘केपी ओलीकै पालामा नेपालको भूगोल बढ्ने गरी नक्सा जारी भयो, अब भूगोल फिर्ताको लागि एमालेकै सरकार चाहिन्छ,’ संयाेजक कडेलले भने, ‘पहिलो पटक राष्ट्रव्यापी चुनावी अभियान पश्चिमकाे दार्चुला, बैतडी, कंचनपुर हुदै सुरु हुनुले ओलीको पश्चिम र राष्ट्र प्रतिकाे लगाव पनि देखिन्छ।’

खासगरी भारतले अतिक्रमण गरेको दार्चुलाकै भूगोल नक्सामा बढेको कारण पनि ओलीले यो पटक यहीँ भूमिमा आएर चुनावी अभियानको समुद्घाटन गर्न लागेको कडेलकाे भनाई छ।

चुनावी अभियानको लागि एमालेले प्रचारको काम तीव्र पारेको जनाएको छ। ९ वटै स्थानीय तहबाट चुनावी सभामा कार्यकर्ता सहभागिता गराउने गरी तयारी भइरहेको कडेलले बताए ।

कात्तिक १८ गते हुने चुनावी सभा २ बजे महेन्द्रनगर खुलामञ्चमा हुनेछ। चुनावी अभियान दार्चुला जिल्लामा उद्घाटन गरेर एमालेले ‘राष्ट्रवादी’ मुद्दा चर्काउने संकेत गरेको छ।

भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र समेटेर एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेपछि दार्चुलाबासी पनि उत्साहित भएको एमालेले जनाएको छ।

देशभरका चुनावी अभियानको व्यानरमा चुच्चे नक्सालाई राखिने गरी एमालेले तयारी थालेको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>