Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १७ गते बिहिबार

गठबन्धनले विकास र समृद्धि ल्याउने बिना मगर,  जनताको सपना साकार पार्न प्रतिबद्ध छौ दिवान बिष्ट

आदित्य  -
कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा  सदस्य पदकी उम्मेदवार माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा पुर्ब मन्त्री बिना मगरले ठूलो त्याग तपस्या र बलिदानबाट निर्माण गरिएको संबिधानको रक्षा संगै यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धन जनताको घरदैलोमा आएको बताएकि  छन ।

बेलडाडी गाउपालिकामा निर्वाचन क्षेत्र स्तरिय लोकतान्त्रीक बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय उदघाटन गर्दै उहाले जनताका सपना र विकासका चाहना पुरा हुन बाकी रहेको भन्दै संबिधानको पुर्ण कार्यान्वयन संगै राष्ट्रलाइ समृद्ध बनाउन आवश्यक रहेको बताएकि छन ।

देशको रक्षाका लागि बिशेष परिस्थितीमा गठबन्धन निर्माण भएको भन्दै सक्षम, समृद्ध र विकासित नेपाल बनाउनका लागि जनताहरुले गठबन्धनलाइ जिताउनेमा आशाबादी रहेको समेत बताएकि छन ।

कार्यक्रममा बोल्दै कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं.१ प्रदेश सभा २ का प्रदेश सभा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि दिवान सिह बिष्टले जनताहरुको चाहना अनुरुप आफुहरु काम गर्ने भन्दै गठबन्धनका उम्मेदवारहरुलाइ अत्यधिक बहुमतले जिताउन आग्रह गर्नुभएको छ । संकटको घडीमा देशको रक्षा गर्न लोकतान्त्रीक बाम गठबन्धनको निर्माण भएको भन्दै देशको रक्षा संगै जनताको शुरक्षा र विकास पनि यहि गठबन्धनले गर्ने उहाको भनाइ रहेको छ ।

कार्यक्रमामा माओवादी केन्द्रका समानुपातीक तर्फका उम्मेदवार प्रेम सिह बोहरा र दिपा चौधरीले समेत मन्तव्य राख्नुभएको थियो । सत्तागठबन्धनले बिहिबार बेलडाडी गाउपालिकामा आफनो घरदैलो अभियान समेत संचालन गरेको थियो । माओवादी केन्द्रका तर्फबाट गठबन्धनकी प्रतिनिधि सभा सदस्यकी साझा उम्मेदवार बिना मगरले यहि क्षेत्रबाट बिजयी भएर खानेपानी मन्त्री भैसकेकी छिन भने कांग्रेसका तर्फबाट क्षेत्र नं.१ ,२ का प्रदेश सभा  सदस्य पदका उम्मेदवार दिवान सिह बिष्ट बिजयी भएर संबिधान सभा सदस्य भैसकेका छन । चुनावको मिति नजिकिदै जादा दलहरुको घरदैलो कार्यक्रम संगै अन्य चुनाबी गतिबिधिमा पनि तिब्रता आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>