Samriddhipost
२०८१ जेठ २० गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ कार्तिक १८ गते शुक्रबार

पाचौं आई.सी. वाई सी. कप : प्री- क्वाटरफाइनल पहिलो दिनको खेलमा तीन क्लब बिजय , आज प्रतिस्पर्धात्मक तीन खेल हुने

कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगितामा प्री-क्वाटरफाइनल अन्तर्गत पहिलो दिनको खेलमा तीन क्लब बिजय भएका छन् ।

बिहिवार प्री- क्वाटरफाइनलका तिन खेलमा पहिलो खेल सेक्युर्ड नेपाल दैजी  र इटाहा चारपाते युवा क्लब (निलो) बिच भएको थियो। जसमा ५-१ गोलको अन्तरले सेक्युर्ड नेपाल दैजीले इटाहा चारपाते निलो लाई हराउदै जित निकालेको हो। दोस्रो खेलमा लालझाडी गाउँपालिका वडा न.५ लाई ०-२ गोलको अन्तरले हराउदै समावेशी एकता युवा क्लब बिजय भएको छ। उक्त दिन भएको तेस्रो खेल शनि युनाइटेड क्लब बिचपट्टीले २-० गोलको अन्तरले देखतभुली युवा समाज लालझाडी -५  लाई हराउदै जित निकाल्न सफल भएको  आई.सी. वाई सी.कप का संस्थापक हेमन्त रानाले बताउनुभयो ।

उनका अनुसार प्री- क्वाटरफाइनलको  दोस्रो दिन आज शुक्रबार पहिलो खेल अलस्टार युवा क्लब बेलडाँडी गाउँपालिका वडा न.१ र दिपशिखा युवा क्लब बेलडाँडी बैबाहा बिच बिहान १०:०० बजे , दोस्रो मछेली युवा क्लब कृष्णपुर-२ र हिमालय युवा क्लब झिलमिला बिच दिउँसो १२:०० बजे र उक्त दिनको तेस्रो खेल पुनर्वास न.पा-२ र न्यू गुलरिया युवा क्लबका बिच दिउँसो २:०० बजे प्रतिस्पर्धात्मक खेल इटाहा चारपाते युवा क्लबको खेलमैदानमा हुने छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै