Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ कार्तिक १८ गते शुक्रबार

खाेला सर्दैमा सिमा सर्दैन एक इन्च भुमि छाेडदैनाै : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा चुनावी अभियानकाे उद्घाटन गर्दै एक इन्च भूमि पनि नछाडने बताएका छन्।

शुक्रबार दार्चुलाको सदरमुकाम खलंगामा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्दै उनले खोला सर्दैमा सीमा नसर्ने बताउदै खोला सरेको ठाउँमा बाँध बाधेर भारतले झमेला गरेको बताए। ओलीले नदी वरतिर सर्‍यो भनेर सीमा वरतिर सर्ने नभएको कुरा भारतले बुझ्नुपर्ने बताए।

‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्‍यो कि सिमाना सारिहाल्ने?,’ उनको प्रश्न थियो।

अध्यक्ष ओलीले भारत विशाल भएको तर नसुहाउने काम गरिरहेको टिप्पणी गरे। ‘भारतले हाम्रो भू–भागबाट अनावश्यक ढंगले (बाटो बनायो), हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उनले भने।

तिङ्कर सडकमा ‘चीनसम्म जाने ७०÷७५ किलोमिटर चट्टान हामीले फोड्नुपर्ने छ तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ। हामी आफैं बनाउने थियौँ, तर भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो,’ ओलीले भने।

भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको पनि ओलीले बताए। उनले नक्सा जारी भएको र अब भूमि फिर्ता लिइने उदघोष गरे।आफूले भारतका शीर्ष नेताहरुलाई यसबारे भनिरहेको उनले स्मरण गरे।

भारत भ्रमणमा जाँदा दिल्ली र उत्तराखण्डको सहमतिमा तुइन बिस्थापन गरी झोलुङ्गे पुल बनाएको उनले बताए। दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाउने उदघोष उनले गरे।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>