Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २० गते आइतबार

चुनावपछि स्वाभाबिक रुपमा शेरबहादुर नेतृत्वमा सरकार बन्छ: प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले अब कांग्रेसनै सबै भन्दा ठूलो दल बन्ने भएकाले निर्वाचनपछि देशको प्रधानमन्त्री शेरबहादुर देउवा हुने बताएका हुन्।

‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ, स्वभाविक रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा औपचारिक कुनै छलफल भएको छैन, तर, स्वभाविक रुपमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ।’

विगतमा संसदमा कम संख्या हुँदा पनि अन्य दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै उनले निर्वाचनपछि कांग्रेस ठूलो दल हुने भएकाले स्वतः सरकारको नेतृत्व गर्ने बताए । उनले गठबन्धन दलमा काग्रेसकाे ९१ मध्ये अधिकाँस सिट र अरु दलले पनि ७४ मध्ये अधिकाँस सिट जित्ने भएका कारण स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने बताए ।


एउटा दलको मात्रै बहुमत आउने सम्भावना नभएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ थियो । काग्रेसका नेताले आ आफ्ना श्रिमतिलाई टिकट दिए भन्ने बिषयमा याेग्यता क्षमता भएकै कारण टिकट दिएकाे हाे, नाता सम्बन्ध पर्दैमा निषेध गर्नु मिल्दैन महतले भने ।

कंचनपुरमा पनि पार्टिबाट बिद्राेहमा रहेका साथिहरुलाइ आधिकारिक उमेदवारलाई सहयाेग गरेर सघाउन र अर्काे पटक वहाहरुकाे पनि पालाे आउछ, यश पटक गठबन्धन भएका कारण पनि कम सिट भयाे र सबैलाई टिकट दिन नसकिएकाे बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>