Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ कार्तिक २३ गते बुधबार

पाचौं आई.सी. वाई सी. कप २०७९ : भोलि प्रतियोगिताको  फाइनल खेल

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगिताको भोलि सम्पन्न हुने भएको छ।

मंगलबार सेमिफाइनलका दुई खेलमा चार टिम बिच प्रतिस्पर्धा भएको थियो। जसमा प्रतियोगिताको फाइनल यात्रा दुई क्लबले गरेका छन् ।  सेमिफाइनलको पहिलो खेल शान्ती युवा क्लब दैजी र न्यू गुलरिया युवा क्लब बिच भएको थियो। उक्त खेलमा शान्ती युवा क्लव दैजीले २-० गोलको अन्तरले न्यु गुलरिया युवा क्लव गुलरिया लाई हराउदै फाइनल पुगेको छ। दोस्रो सेमिफाइनल खेलमा सनि युनाइटेड देखतभुलीले २-० गोलको अन्तरले खड्डा युवा क्लब कंकड पुनर्वास-८ पाखा लगाउदै फाइनलको यात्रा सुरक्षीत गरेको हो।

फाइनलमामा भोलि बुधबार उपाधीका लागि शान्ती युवा क्लब बेदकोट नगरपालिका दैजी र सनि युनाइटेड देखतभुली दिउँसो १२ बजे प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल इटाहा चारपाते युवा क्लबको खेलमैदानमा संचालन हुने आई.सी. वाई सी.कप का संस्थापक हेमन्त रानाले बताउनुभयो । उक्त खेलमा जित हात पार्ने टिमले पाचौं आई.सी. वाई सी. कप -२०७९ को च्याम्पियन बन्ने छ।

” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ को कार्तिक ११ गते देखि सञ्चालन भएको थियो। जसको फाइनल आज हुने छ।

प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको छ। पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ।

खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। रानाले बताउनु भयो । उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>