Samriddhipost
२०८२ पुष ०१ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ३० गते बुधबार

चुनावी प्रचारप्रसारमा दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्याे आयाेगले ध्यान दिन सकेन, आौद्याेगिकरण मार्फत यहाँको  समृद्धि ल्याउन काम गर्छु: स्वतन्त्र उमेदवार सिह ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिहले कञ्चनपुरमा चुनावी प्रचारप्रसारमा बिभिन्न दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेर आफनो प्रंचार प्रसार गरिरहेको आरोप लगाएका छन् ।

अहिले जिल्लामा चुनाव प्रचार प्रसारका नाममा निर्वाचन आयोगले निर्धारित गरेको आचारसंहिता विपरित कार्यकर्ता लैजाने, बढी गाडीको प्रयोग गर्ने आयोगले तोकेको खर्च लागत भन्दा बढी खर्च गरेर चुनावी प्रचारप्रसार गरेको उनले बताए ।
‘गाँउगाँउमा अहिले पनि हेर्ने हो भने सयौको संख्यामा आफना कार्यकर्ताहरु लगेर आचारसंहिता विपरित कार्य गरेको छ’ ।
उनले भने, ‘एकैजनाले १० देखी बढी गाडीको प्रयोग गर्न कहाँबाट पाईन्छ ? उनले प्रश्न गरे, त्यो चुनावी खर्चको स्रोत केहो ? हरेक दिनको खर्च लाखौमा देखिएको अवस्थामा जिल्ला निर्वाचन कार्यालयले पनि उक्त विषयमा गम्भिर भएर लाग्नुपर्ने र छानविन गरिनु पर्ने देखिएको छ’ । अहिलेको खर्चको स्रोत केहो ? पटक पटक माननिय बनेर मन्त्री बनेर कमाउको पैसा नै होत स्रोत ? पटक पटक मन्त्री बन्ने उनले प्रश्न गरे, कार्यकर्ताहरुलाई अबैध रुपमा परिचालन गर्ने र आयोगले निर्धारण गरेको आचारसंहिता विपरित खर्च गरेको अवस्थामा पछि गएर यो खर्च असुल्नका लागी पनि भ्रष्टाचार गर्ने प्रवृती मौलाएर जाने उनले बताए ।

निर्वाचन आयोगले चुनावमा जुन खर्च निर्धारण गरिएको छ त्यो कार्यान्वयन गर्नका लागि हो या केहो ? जस्ले जसरी जे गरे पनि हुने, यो विषयलाई जिल्ला निर्वाचन आयोगले गम्भिरताको साथमा हेरिदिन आग्रह गर्दछु उनले भने, अहिले पनि बिभिन्न ठाँउमा ग्राभेल हाल्ने, विजुलीका पोल वितरण गर्ने चुनावमा मतदातालाई भ्रममा पारेर प्रभावित पार्ने योजनाका  साथमा गाँउगाँउमा काम गरिहेका छन् आचारसंहितालाई खल्तिमा हालेर चुनावी प्रचारमा लागेका यी दललाई सबै जनताले चिन्नु पर्ने उनले बताए ।

गाँउगाँउमा गएर आम जनतालाई बिभिन्न प्रलोभनमा पारेर मतदातालाई प्रभावित पार्ने चलखेल पनि बढेको उनले बताए । म विकास विरोधी होईन सबै ठाँउमा विकास हुनुपर्छ तर , मत दिने भन्दै अहिले क्षणिक विकास नहेर्नुहोस त्यो सबै खर्च तपाईको ( जनताकाे) हो, राज्यको करबाट आएको विकासको खर्च हो, राज्यको ढुकुटी खर्च भई रहेको त्यो बुझन जरुरि छ आम जनताले, उनले सत्तामा जानका लागि दलहरुले बिभिन्न गठबन्धन गर्ने,राजनितीलाई कमाई खाने पेशा बनाएर राज्यको ढुकुटी समाप्त पार्ने योजना रहेको उनले बताए । नैतिकताका आधारमा पनि १० वर्ष पछि स्वतः छोडनुपर्ने उनले बताए । एजेण्डा एकातिर छ भने कुर्चीमा पुग्नका लागि गठबन्धन गरेर भएपनि सबै मिलेर भागबण्डा गरेर सत्तामा कब्जा जमाउने रणनिती रहेको उनले जिकिर गरे ।

देशमा विकासको बाधक भनेकै दलिय नेताहरु भएको उनले आरोप लगाए । ‘नजिकै भारतका बिभिन्न क्षेत्रमा बिभिन्न अन्तराष्टियस्तरका बिभिन्न कम्पनी स्थापना भएका छन् त्यहाको सरकारले १० वर्ष कर छुट, निशुल्क जग्गा उपलब्ध गराएर बिभिन्न स्वरोजगार मुललुक कम्पनीहरु स्थापना गरी त्यँहीका स्थानिय युवाहरुलाई रोजगाको व्यवस्था गरेको अवस्था रहेको छ’,उनले भने, तर हाम्रो देशमा कहिँ कुनै पनि बाहिरी मुलुकले लगानी गरेर कम्पनी खोल्न चाहेको खण्डमा पहिला उसँग पैसाको माग गरिन्छ, अनि कसरी स्थापना हुन्छ अन्तराष्टिय कम्पनी नेपालमा,उनिहरुलाई पैसा माग गरे पछि कसरी संचालनमा आउछ त कम्पनि, कसरी पाउँछन युवाले स्वरोजगार नेपालमा, अनी आफै बेरोजगार सिजैना गरेर युवाहरुलाई बाहिरी मुलुकमा पठाएर यहाँ उमेर पुगेकाहरुले देश संचालन गर्ने परिपाटीको पनि अन्त्य हुनु पर्दछ । अहिले दल खोलेर राजनितीलाई कम्पनी बनाए, मागी खाने भाडो बनाए । तर स्वरोजगारका लागि कम्पनी स्थापना हुन सकेनन दल तथा नेताहरुले उद्याेग कल कारखाना स्थापना हुने बनाएनन् याे प्रदेशमा एउटा पनि ठुलाे उद्याेग छैन ।
युवाहरु सबै बाहिर पलायन गराउने वातावरण नेता कार्यकर्ताहरुले बनाए, दैनिक सयै महिलाहरु आफ्नाे इज्जत दाउमा राखेर पेट पाल्न बनबसा बाट क्यारिङ्ग गर्न बाध्य बनाएका छन । राजनिती सेवा मुलक भावनाले लाग्नु पर्ने भएपनि यसलाई मागी खाने भाडो बनाएर कुर्चीको लोभ सत्ताको लोभ गरेर देशमा परिवर्तन नभएको उनले बताए ।

आफु निर्वाचित भएमा देशभित्रकै र देश बाहिरका ब्यावसायिहरुकाे सहभागितामा बढिभन्दा बढि उद्याेग खाेलेर युवाँहरु र स्थानियलाई राेजगारकाे सिर्जना गरि आय आर्जन संग जाेडेर समृद्धि ल्याउने लक्ष्य रहेकाे पत्रकार सम्मेलनमा सिहले जानकारि दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>