Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

भिमदत्तकाे मझगाउमा दिउसै बाघकाे आक्रमण ।

भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित एक सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलामाथि बाघले आक्रमण गरेको छ।

आइतबार दिउँसो बाख्रा चराउन भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणले उनको नाक र निधारमा चोटपटक लागेको छ। सँगै भएका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले बताए।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताए।

केही महिना अघि मझगाउँ खोलामा एउटा चितुवा पासोमा परेको थियो। उद्धारपछि चितुवालाई शुक्लाफाँटा निकुञ्जमा छाडिएको थियो। बाघ देखिने क्षेत्र शुक्लाफाँटा निकुञ्जसँग जोडिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>