Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

कंचनपुर २ समानुपातिक मतगणना सम्पन्न, यस्ता छन दलले प्राप्त मतहरु ।

कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मतगणना सम्पन्न भएको छ । प्रत्यक्षतर्फको मतणगना सकिएसंगै तिन दिन अघिदेखी सुरु भएको समानुपातिकतर्फको मतगणना पनि शनिवार सम्पन्न भएको हो । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ कालिका माध्यमिक विद्यालयको भवनमा गरिएको थियो ।

 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचनको मतगणना अनुसार कञ्चनपुर क्षेत्र नम्बर २ मा समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभाको मत परिमाण अनुसार नेपाली कांगे्रस पहिलो पार्टी बनेको छ । प्रतिनिधि सभामा १७ हजार ७ सय ३ र  प्रदेश सभामा २० हजार ४ सय २७ मत प्राप्त गरी नेपाली कांग्रेस पहिलो पार्टी बनेको हो । शनिवार बिहान सम्पन्न समानुपातिक तर्फको मतगणना अनुसार  प्रतिनिधि सभामा १७ हजार ७ यस ३ र  प्रदेश सभामा नेपाली कांग्रेसले २० हजार ४ सय २७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसले १७ हजार ७ सय ३ मत प्राप्त गरेर पहिलो हुँदा १७ हजार ७०९ मत ल्याएर नेकपा एमाले दोश्रो स्थनमा रहेको छ । १ हजार ९९४ मतले एमाले भन्दा कांग्रेस अघि छ । यसैगरी ७ हजार ७ सय ४० मत प्राप्त गरेर नेकपा माओवादी केन्द्र तेश्रो स्थानमा छ । नागरिक उन्मुक्ती पार्टीले ४ हजार ८८० मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार २८८ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ५ सय ३४ मत प्राप्त गरेको छ भने नेकपा एकीकृत समाजवादीले  २ हजार ५ सय ४२ मत पाएको छ । यस्तै,राष्ट्रिय जनमोर्चाले २२६,हाम्रो नेपाली पार्टीले २८८ मत प्राप्त गरेको छ । 

 

यसैगरी,प्रदेश सभातर्फ पनि नेपाली कांग्रेस शीर्ष स्थानमा छ । दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी केन्द्रले छ । नेकपा एमालेले १६ हजार ८ सय १९ मत पाएको छ भने माओवादी केन्द्रले ७ हजार २ सय १२ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ती पार्टीले ४ हजार ७ सय ४६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ९ सय ९ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादी पार्टीले २ हजार ६ सय ८७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>