कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिला सामुदायिक वनमा रुखबाट लडेर मृत फेला परेकी छन् ।
मृत्यु हुनेमा स्थानीय पार्वती साउद रहेकी छन्।
ईलाका प्रहरी कार्यालय मालाखेतिका अनुसार साउद हिजो दिउँसो करिब ४ः४५ बजे घाँस काट्न गौरीगंगा–६ स्थित बारवन सामुदायिक वनतर्फ गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी रुखबाट लडेर मृत्यु भएको अवस्थामा आज बिहान बिहान करिब ९ बजे फेला परेकी हुन्।
घटनाबारे वडा अध्यक्षले इलाका प्रहरी कार्यालय चौमालालाई जानकारी गराएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया